देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति, सहजीकरण गर्न प्राधिकरणको आग्रह

डिसी नेपाल
२५ भदौ २०८२ १४:५२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनामा क्षति पुगेकाले केही फिडर सटडाउनको अवस्थामा राखिएको जनाएको छ।

वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भनेको छ, ‘यस्तो अवस्थामा विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय संचालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं।’

प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने हटलाइन १९५० मा वा नजिकको नोलाइट सेवामा जानकारी गराउन आग्रह समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *