नयाँ बानेश्वर प्रहरी बृत्त आगजनीपछि पूर्ण रूपमा ध्वस्त

डिसी नेपाल
२५ भदौ २०८२ १६:४८

काठमाडौं । देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनको क्रममा नयाँ बानेश्वरस्थित प्रहरी बृत्तमा आगजनी हुँदा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

मंगलबार आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले प्रहरी बृत्तमा आक्रमण गर्दै आगो लगाएका थिए। आगलागीका कारण भवनमा गम्भीर क्षति पुगेको छ भने त्यसले भित्र रहेका सामग्रीहरू समेत जलेर नष्ट भएका छन्।

प्रदर्शन नियन्त्रणका लागि खटिएको प्रहरीले केही समय नियन्त्रण प्रयास गरे पनि भिडको दबाब अत्यधिक भएपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *