जेनजीको आन्दोलनबाट भएको क्षतिप्रति युवा संघद्वारा दु:ख व्यक्त
काठमाडौं । राष्ट्रिय युवा संघले हालैका आन्दोलनका क्रममा भएको जनधनको क्षति र राष्ट्रिय सम्पत्तिमाथि भएको विनाशकारी घटनाप्रति दु:ख व्यक्त गरेको छ।
युवाहरूको आन्दोलनको मुख्य माग भ्रष्टाचारमुक्त र सुशासित मुलुक बनाउनु रहेको स्मरण गराउँदै युवा सघले शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दा पनि यसरी हिंसा भड्किनु र सरकारी हस्तक्षेप हुनुलाई दुःखद मानेको हो।
सद्भाव, सजगता र राष्ट्र जोगाउनका निम्ति भन्दै जारी अपिलमा संगठनले आन्दोलनको नाममा प्रधानमन्त्रीको निवास, संसद् भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता महत्त्वपूर्ण सरकारी र सार्वजनिक सम्पत्तिमाथि भएका आगजनी, तोडफोड, हिंसा र लुटपाट जस्ता घटनाको घोर निन्दा र भर्त्सना गरेको छ।
राष्ट्रिय युवा संघले सरकारी सम्पत्तिमा भएको क्षतिको बारेमा गम्भीर छानबिन गरी दोषी ठहरिएकाहरूलाई कडा कारबाही गरिनुपर्ने माग गरेको छ।
युवा संघ सबै समस्याको निकास वर्तमान व्यवस्था र संविधानभित्रैबाट खोज्नुपर्ने पनि जनाएको छ।








डिसी नेपाल







Facebook Comment