टोपबहादुर रायमाझी कारागार प्रशासनको सम्पर्कमा

डिसी नेपाल
२६ भदौ २०८२ १३:५१
184
Shares

काठमाडौं । कारगारबाट निस्किएका टोपबहादुर रायमाझीले कारागार फर्किने बताएका छन्।

कारागार प्रशासनलाई फोन गरेर रायमाझीले आफू फर्किने जानकारी गराएको कारागार प्रशासन स्रोतले जानकारी दिएको छ। रायमाझीले फोन गरेर आफू जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए भने कारागार प्रशासनले सम्पर्कमा रहन र परिस्थिति सहज भएपछि खबर गर्ने बताएको छ।

सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका रायमाझी बुधबार निस्किएका थिए। यस कारागारबाट ३३ सय भन्दा बढी कैदी फरार भएका थिए। यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका छन्।

रायमाझीसँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि फर्कन तयार रहेको सन्देश कारागार प्रशासनलाई पठाएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *