अन्तरिम सरकार गठनबारे जंगी अड्डामा चरणबद्ध छलफल

डिसी नेपाल
२६ भदौ २०८२ १५:०८
1.8k
Shares

काठमाडौं । नेपाली सेनाले अन्तरिम सरकार गठनका लागि चरणबद्ध रुपमा जेनजीका विभिन्न समूहकख्न वार्ता गरिरहेको छ। यस बीचमा सेनाले जेन जीका विभिन्न समूहका अगुवा, राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाई लगायतसँग अनौपचारिक छलफल गरेको छ।

जेनजीका अधिकांश समूह पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन तयार भएपछि उनी र राष्ट्रपति रामचन्द्र पौडेलसँग सेनाले त्रिपक्षीय वार्ता गर्ने तयारी गरेको थियो। तर, जेनजीकै उक समूह जेनजी नेपालले एक विज्ञप्ति जारी गर्दै आफूहरुले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई रोजेको बताएपछि अहिले छलफल अन्योलमा परेको छ।

यसबीचमा केही युवाहरुले सुन्धारामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले संविधानको रक्षा गर्नुपर्ने र सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन नहुने भनिरहेका छन्। यसबीचमा धरानबाट काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले पनि अन्तरिम प्रधानमन्त्री बन्ने रहर देखाएर आफ्ना केही मान्छे उतारेपछि विवाद भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *