सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

डिसी नेपाल
२६ भदौ २०८२ १७:३२
160
Shares

काठमाडौं । सर्वोच्च अदालतले आइतबार भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ।

बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

प्रधानन्यायाधीश राउतले भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु, कानुनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुप्रति हार्दिक धन्यवाद प्रकट गरेका छन्।

उनले भनेका छन्- ‘सर्वोच्च अदालतलगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौं। नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरुमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरुका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको छ।’

उनले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब-करिब नष्ट हुन गएको उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.