जेनजीहरु भन्छन्: शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

डिसी नेपाल
२६ भदौ २०८२ १८:३१
704
Shares

काठमाडौं। जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ। केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ। अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ।

जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए। उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ ।

उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन्। यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन्। हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ। देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ। हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं। केही झोले कार्यकर्ताहरु आएर देशको संरचनामाथि आगो लगाएका छन्।’

यसैगरी जेनजी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए।

त्यसैगरी, जुनाल गदालले अब यतिबेला जेनजी संयमित हुन जरुरी रहेको बताए। ‘जसरी हिजो हामीले तोडफोड गर्यौं। आक्रोशमा थियौं। अब हामी संयमित हुन जरुरी छ। आज देशमा जेन–जी युवाहरु एक भएनौं भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’ उनले भने ।

ओजस्वीराज थापाले जेन–जीले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए। जेन–जी अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए।

हामी नेपालका अध्यक्षसमेत रहेको सुदन गुरुङले जेनजीको एक–एक थोपा रगतको बदला लिने बताए। उनले कसैलाई नछाड्ने चेतावनी दिए। उनले जेनजी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे। आफूले अहिलेसम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.