हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन

डिसी नेपाल
२६ भदौ २०८२ १९:२८
580
Shares

हेटौँडा। नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए।

सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए।

उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए।

प्रदर्शनमा दुई दलका नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *