‘हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो बिपीको तस्बिर र ब्यानर
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर पुनः राखिएको छ।
भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पुर्याएका थिए।
उक्त घटनापछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै बिपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन्।
उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौं भन्दै ब्यानर झुण्ड्याएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment