सुशीलाको मन्त्रिपरिषदमा सैनिक जर्नेल मन्त्री बन्दै, अर्याल र घिसिङ पनि मन्त्री बन्ने
काठमाडौं। संविधानको धारा ६१ को अधिकार प्रयोग गरेको भन्दै गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा तत्काल लागि ३ जना मन्त्रीहरु समावेश हुने भएका छन्।
स्रोतका अनुसार, नेपाली सेनका पूर्वजर्नेल पनि कार्की मन्त्रिपरिषद्मा सामेल गराइने भएका छन्। नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा अन्तरिम सरकारमा मन्त्री बन्दैछन्।
उनी सुरक्षा विज्ञ पनि हुन् र माओवादी लडाकूहरुको समायोजनको संयोजक भएर उनले ठूलो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।
त्यसैगरी यो सरकारमा कानूनविद् ओमप्रकाश अर्याल र जलस्रोतविद् कुलमान घिसिङ पनि मन्त्री बन्ने भएका छन्। उनीहरुको मन्त्रालयको टुंगो भइसकेको छैन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment