प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी

डिसी नेपाल
२८ भदौ २०८२ १७:४८
312
Shares

काठमाडौं । भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठवटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन्।

शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले असहमति रहेको जनाएको हो।

विज्ञप्तिमा आठ पार्टीका प्रमुख सचेतक र एक पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन्। उनीहरुले प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्वोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गरेका छन्।

उनीहरुले नेपालको संविधानः तथा प्रचलित कानून बमोजिम सुसाशनको माग राखेर भएको आन्दोलनको मर्म विपरित्त अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको पनि उल्लेख गरेका छन्।

उनीहरुले पार्टीलोकतान्त्रिक र कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानून बमोजिम हुनु पर्ने र सबै निकायहरु संविधान र कानून वमोजिम सञ्चालन हुनुपर्छ भन्ने कुरामा पार्टीहरुको अटल विश्वास रहेको भन्दै नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान सभावाट जारी भएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरितको कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने पनि जानकारी गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *