नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले नागरिक उन्मुक्तिपार्टी छोडेर नयाँपार्टी खोल्ने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु। म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न। अब आजबाट म अलग अभियानमा छु। मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथिहरुले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु। म राजनीतिक व्यक्ति हो म यत्तिकै बस्न सक्दिन, आजै देखि म पार्टी निर्माणमा लाग्ने छु।’
उनले रन्जितासँग आफ्नो कुनै दुस्मनी नभएको बताउँदै दुस्मनी देशका राष्ट्रिय फटाहाहरुसँग रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment