हामी शून्यमा पुगेका छौं : प्रधानमन्त्री कार्की
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन्।
आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताएकी हुन्।
उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ।’
उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधी मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताइन्।
‘जहाँसम्म मेरो टिम छ, टिमले जुन काम गरिरहेको छ हामी कुनै सत्ताको, यो पदको रसस्वाद गर्न आएका होइनौं र मेरो उमेर पनि हैन। ६ महिना अवधी मात्र बस्ने त्यो भन्दा बढी नबस्ने गरी आफ्नो काम कारर्वाही गरेर जिम्मेवारी मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी दायित्व सुम्पिने हामीले अठोट गरेका छौ,’ उनले भनिन्, ‘जुन परिस्थितीमा म आए कुनै रहरले म आएको हैन। सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देउ भनेर आवाज उठ्यो।’







डिसी नेपाल







Facebook Comment