मैले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन : सुमना श्रेष्ठ
काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडे पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन्।
आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन्।
आफ्ना शुभचिन्तकहरूले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिँदै उनले भनिन्, ‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन्। मैले आजसम्म उक्त पार्टीभित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईंहरू सबैको साथले भएको हो। मैले पार्टी छाडेको हुँ। तर, पार्टीभित्र मैले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन।’
परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उनको जोड छ। यतिबेला जेनजी पुस्तालाई बदनाम गर्नेहरू अग्रसर भएको बताउँदै उनले त्यस्तो नगर्न र उनीहरूलाई सबैले साथ दिनुपर्ने बताएकी छन्। आफूले पार्टीभित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उनको दाबी छ।
आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभइ जेनजी पुस्ताका भाइबहीनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन्।
भिडियोको अन्त्यमा भावुक हुँदै उनले भनेकी छन,‘हामी सबैले चाहेको परिवर्तन हो। कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तीलाई बिथोल्न हुँदैन। कुनै दल नसोच्नुस यतिबेला सबैले नेपाल बनाउन लाग्नुस्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment