महान्यायाधिवक्तामा सबिता भण्डारी नियुक्त

डिसी नेपाल
२९ भदौ २०८२ १९:१६
636
Shares

काठमाडौं प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन्। यो नियुक्तिसँगै नेपालले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ।

जेन-जी पुस्ताको आन्दोलनको कारण मुलुकमा नयाँ सरकार बनेको छ। प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउनेछ। प्रधानमन्त्री कार्कीले पनि आज पदभार ग्रहण गर्दा चुनाव गराएर आफ्नो जिम्मेवारी हस्तान्तरण गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए। यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ। यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *