स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने

डिसी नेपाल
३० भदौ २०८२ १४:५६
424
Shares

काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हु्न्।

पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताए।

निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए।

साथै पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने उनको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *