महान्यायाधिवक्ताद्वारा पदबहाली, मिलेर काम गर्ने प्रतिबद्धता
काठमाडौं। नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेकी छन्
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्दै यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्। ‘परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो’, महान्यायाधिवक्ता बरालले भनिन्, ‘यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ। त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु।’
सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए। नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment