आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा रास्वपाको जोड

डिसी नेपाल
३० भदौ २०८२ २२:१३
52
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ।

आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड दिएको छ।

‘आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिनुपर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

आफूहरू लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट गर्दै उक्त पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टीको नीति रहेको स्मरण गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *