खरानी टकटक्याउँदै प्रचण्डले भने- अब भव्य पार्टी कार्यालय बनाइने छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोक गरेका छन्। त्यसक्रममा अब निर्माण गरिने केन्द्रीय कार्यालय भव्य हुने बताएका छन्।
‘देशभरका कार्यकर्ताहरूको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ,’ उनले भने। संक्षिप्त प्रतिक्रिया दिएका प्रचण्डले पार्टी कार्यालय कहाँ बन्छ भन्नेबारे भने खुलाएका छैनन्।
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू जोगिएको बताए। जोगाउन भूमिका खेलेका कर्मचारी र कार्यकर्तालाई उनले धन्यवाद दिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment