पुँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक

डिसी नेपाल
२२ भदौ २०७६ २२:३४

भक्तपुर। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद स्थापनाका लागि पूँजीवादविरुद्ध लड्न मजदुरको एकता र सङ्गठन आवश्यक भएको बताएका छन्।

नेपाल क्रान्तिकारी मजदूर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदूर सङ्घको पाँचौँ जिल्ला सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले पुँजीवादी व्यवस्थाले कहिल्यै पनि मजदूर वर्गको हित नगर्ने बताए।

मजदूरले आफ्नो पेशामा निपुणता हासिल गर्दै जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेले समाजवादी देशमा मजदूर पनि बुद्धिजीवी हुने बताए। पैसाकै लागि मात्र काम गर्ने प्रवृत्ति सही नभएको भन्दै उनले समाजवादी देशका मजदूरले देश निर्माणमा आफ्नो योगदान दिन अतिरिक्त श्रम गर्ने भावनाको विकास गरिने बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *