बालेनले हर्कलाई भने- तिमीले गाली गरे पनि म माया गर्न छोड्दिन

डिसी नेपाल
३१ भदौ २०८२ १४:३०
340
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङलाई माया गरिरहने बताएका छन्।

बालेनप्रति हर्क रुष्ट बनिरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही तर मेरो माया साँचो हो। तिमीप्रति मेरो साँचो प्रेम छ,’ बालेनले फेसबुकमा लेखेका छन्।

पछिल्लो समय हर्क आफूलाई प्रधानमन्त्री नियुक्त गरिनु पर्ने बताउँदै आएका थिए। सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै उनी गृहमन्त्री बनाइदिन आग्रह गरिरहेका थिए।

बालेन लुकेको र बोल्न नसकेको उनको अभिव्यक्ति थियो। बालेनलाई नेता नमान्ने हर्कको धारणा थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *