जेएनजीको बलिदानको सम्मान गरौं : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बतए। ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौं’, उनले लेखेका छन्।
फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए।
उनले जनतासँगको सम्बन्धलाई अझ जीवन्त र घनिष्ठ बनाउन, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन तथा आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टी पंक्तिको मनोबल उच्च राख्न आग्रह गरेका छन्।
‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔं, जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔं, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔं, आन्तरिक एकतामा जोड दिऔं, पार्टी पंक्तिको मनोबल उच्च बनाऔं’, उनले भने।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बन्न र अरूलाई पनि सचेत बनाउनुपर्ने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौं र बनाऔं, लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔं, जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ,’ महासचिव पोखरेलले उल्लेख गरे।







डिसी नेपाल







Facebook Comment