तीन मन्त्रीले गरे क्षतिग्रस्त संसद् भवनको निरीक्षण

डिसी नेपाल
१ असोज २०८२ १६:४४
32
Shares

काठमाडौं । नेपाल सरकारका तीन मन्त्रीले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गरेका छन्।

बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरिक्षण गरेका हुन्।

जेनजी आन्दोलनमा ध्वस्त संसद् भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताए।

उनले भने, ‘हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचनाहरु पुनस्थापना गर्न सक्छौं।’

यसैगरी अर्थमन्त्री खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुर्ननिर्माण गर्नु रहेको बताए। उनले जेनजी आन्दोलनमा क्षति कति भयो भनेर भन्न नसकिने अवस्था रहेकोले त्यसका लागि समिति गठन गर्न लागिएको बताए।

उनले भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुननिर्माण गर्ने हो। क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं। समितिले अनुमान गर्ने छ सबै।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *