गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने-दलहरुले गरेको योगदान मेटाउन खोजियो

डिसी नेपाल
२ असोज २०८२ १०:१३
88
Shares

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ।

बिहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन्।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए।

उनले भने, ‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन्। देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ। जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन। नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो। यसबाट पनि थाहा हुन्छ। उहाँले कति धेरै संघर्ष कति गर्नुभएको छ त्यहिबाट थाहा हुन्छ।’

त्यस्तै उनले जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भएको पनि बताए। त्यसैले जेनजी आन्दोलनमा भएका गतिबिधिहरुको छानबिन हुनुपर्ने माग समेत गरे।

‘जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान छ त्यो योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भइरहेको छ। त्यसैले अहिले यसको राम्रोसँग छानविन गर्न आवश्यक छ। जसले दुष्प्रयास गरिरहेको छ त्यसमा सरकार र पार्टी दुवै सजक हुनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.