प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबीच आधा घण्टा टेलिफोन वार्ता

डिसी नेपाल
२ असोज २०८२ १३:२०
124
Shares

काठमाडौं। नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ। फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको उल्लेख गरेका छन्।

नेपालमा हालै भएको दु:खद् घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले नेपालकाे शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताएका छन्।

प्रधानमन्त्री कार्कीले मोदीलाई प्रधानमन्त्री कार्कीले जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा गरेको बताइएकी थिइन्।

प्रधानमन्त्री मोदीले फोन वार्ताबारे जानकारी दिँदै ट्विटमा लेखेका छन्, ‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्‍याएँ। साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.