‘सम्पदामा क्षति र हानिनोक्सानी गर्न हुन्न’

डिसी नेपाल
२ असोज २०८२ २३:४३
20
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सम्पदामा क्षति र हानिनोक्सानी गर्नेहरूबाट सधैँ सचेत रहनुपर्ने बताएका छन्।

भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको यस वर्षको गाईजात्रा पर्वमा घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत, आधुनिक सांस्कृतिक एवं ऐतिहासिक नाचहरू प्रदर्शनका क्रममा उत्कृष्ट सांस्कृतिक समूहलाई नगदसहितको पुरस्कार एवं गुरुहरूको सम्मान कार्यक्रममा कुनै पनि बहानामा सम्पदामा हानिनोक्सानी गर्न नहुने बताए।

बिजुक्छेँले भने, ‘ऐतिहासिक सम्पदा र कला संस्कृति नै हाम्रो पहिचान हो, त्यसैले यसको संरक्षण र प्रवर्द्धनमा हामी स्वयं लाग्नुपर्छ। ऐतिहासिक सम्पदामा कुनै पनि बहानामा क्षति र हानिनोक्सानी गर्नेहरूबाट सधैँ सचेत हुनुपर्छ।’

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ, नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलगायतले कला, संस्कृति र सम्पदाको संरक्षणमा सबै नागरिक अग्रसर हुनुपर्ने बताए।

गाईजात्रामा एक सय ४६ वटा सांस्कृतिक समूहले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेकामा उत्कृष्ट हुने समूह एवं गुरुलाई नेमकिपाका अध्यक्ष बिजुक्छेँले नगद पुरस्कार तथा सम्मान प्रदान गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *