‘जेनजीको भावनाअनुरुप राजनीतिक दल परिमार्जन हुनुपर्छ’

डिसी नेपाल
८ असोज २०८२ २१:००
24
Shares

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राखेका छन्।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका जिल्लाका कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयको भवन अवलोकनपछि उनले सिंहदरबारसहित देशभरका सार्वजनिक सम्पत्ति तथा निजी घरमा भएको आगजनी र तोडफोड जेनजी प्रदर्शनको माग र भावना विपरीत रहेको दाबी गरे।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले आ–आफ्नो पार्टीभित्र एकता कायम गर्दै लोकतन्त्रवादी दलहरूले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले जेनजीको प्रदर्शनमा घुसपैठ भएको बताउँदै जेनजीको माग विपरीत देशभरि भएका लुटपाट, हिंसा र आगजनीका घटनाका योजनाकार र संलग्न व्यक्ति समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गरे।

नेकपा एमालेका प्रेम गिरी र पूर्वसांसद हरिचरण शिवाकोटीले दलहरूको भावी कार्यक्रमका बारेमा कांग्रेस नेताहरूसँग जिज्ञासा राखेका थिए। आगजनीबाट कांग्रेस जिल्ला पार्टी कार्यालयमा रु १० लाख बढीको क्षति पुगेको कार्यालयका सचिव जयकुमार दाहालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *