रास्वपाले ‘जेनजी’ प्रदर्शनका क्रममा नक्खु कारागारलगायत स्थानमा पार्टी सदस्यको संलग्नताबारे छानबिन गर्ने

डिसी नेपाल
८ असोज २०८२ २३:१३
60
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा नक्खु कारागारलगायत अन्य केही स्थानमा भएका घटनामा पार्टी सदस्यको सम्भावित संलग्नता भए/नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने भएको छ।
र्मगलबार र आज बसेको केन्द्रीय समिति बैठकले आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने विषयमा समेछ छलफल भएको रास्वपाले जनाएको छ।
पार्टी प्रवक्ता मनिष झाले नेताहरूको निवासमा भेटिएको भनिएको अवैध नगद तथा चलअचल सम्पत्तिसम्बन्धी सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णग गरिएको बताए।
यस्तै, विसं २०४६ देखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने, जेनजी उमेर समूहका युवालगायत नयाँ शक्तिहरू तथा अभियन्तासँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने र फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने बैठकले निर्णय गरेको छ।
पार्टीको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते बस्ने र उक्त बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने सहमति भएको प्रवक्ता झाले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.