माओवादीको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार)बस्ने भएको छ।
बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने छ।
साथै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुने पनि उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment