नयाँ पुस्ताको मनोभाव बुझ्दै मुलुकलाई अगाडि बढ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

डिसी नेपाल
१० असोज २०८२ १७:३९
32
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनका भएका घटनापश्चात मुलुकमा उत्पन्न परिस्थीतिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउँदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी हुन्।

अहिलेको परिस्थितिमा पार्टीहरूबीचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताइन्। भण्डारीले भ्रष्टाचारको नियन्त्रण र सुशासनको माग राखेर युवा पुस्ताले गरेको आन्दोलनमा भएको घटना शंकास्पद रहेको धारणा राखिन्।

उनले नेपालको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि समस्या पर्न सक्ने भएकाले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउन सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आह्वान गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *