काठमाडौंका दर्जनौं क्षेत्रमा आज ७ घण्टासम्म बत्ती जाने
काठमाडौं। काठमाडौं उपत्यकाका त्रिपुरेश्वर, थापाथली, बबरमहल, सुन्धारा र रानीपोखरीलगायत दर्जनौँ क्षेत्रमा आज (शनिबार) विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रहरूमा ३ घण्टादेखि ७ घण्टासम्म विद्युत् कटौती हुने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गतका केही फिडरबाट सुन्धारा स्विचिङ स्टेसनमा लोड सिफ्ट गर्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।
विद्युत् कटौती हुने विशिष्ट क्षेत्र र सोको समय तालिका फरक-फरक रहने भएकाले ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समयमै सकिएमा निर्धारित समयअघै पनि विद्युत् पुन: सुचारु हुन सक्ने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment