सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद
विराटनगर। सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन्।
सुनसरीको धरान-४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, कोशी गाउँपालिका-५ मा अस्थायी प्रहरी चौकी कटानले बेवारिसे अवस्थामा राखिएको ४७ किलोग्राम गाँजा बरामद गरेको छ।
यसैबीच, भोक्राहानरसिंह गाउँपालिका-२ मा प्रहरी चौकी भोक्राहाले सञ्चालन गरेको चेकजाँचमा ६८६ पत्ता (६ हजार ८ सय ६० क्याप्सुल) ट्रामाडोल बरामद भएको छ।
मोरङतर्फ, विराटनगर-११ मा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीया इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस सहित पक्राउ गरेको छ।







डिसी नेपाल








Facebook Comment