कोसी सडक एक महिनादेखि अवरुद्ध

डिसी नेपाल
१३ असोज २०८२ १४:५२
48
Shares

खाँदबारी उत्तरदक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारीकिमाथाङ्का सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। मकालु गाउँपालिका३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो।

सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ। पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा क्षति पुगेको स्थानीयले बताएका छन्।

सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भूस्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन सम्भव छैन। नदीको बहाव अझै नघटेको र मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भएको गुरुङले बता

जिल्ला प्रशासन कार्यालय, भोटखोला र मकालु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको छ। तर, सडक खुल्न ढिलाइ हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत रोकिएपछि स्थानीय थप समस्यामा परेका छन् । भोटखोलाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। सडक बन्द भएपछि जनजीवन निकै कष्टकर भएको अध्यक्ष भोटेले बता

सडक योजना कार्यालयले विज्ञप्ति जारी गर्दै अवरोधका कारण भएको असुविधाप्रति सार्वजनिक रूपमा क्षमा मागेको छ। गुरुङले भने, अनुकूल मौसम बनेलगत्तै सडक यथाशीघ्र सञ्चालनमा ल्याइनेछ।

उत्तरदक्षिण कोसी सडक पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्वपूर्ण रणनीतिक मार्ग भएकाले सडक अवरोधका कारण स्थानीय मात्र नभई राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.