जाजरकोटमा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते
xr:d:DAFhdlDCpbw:1729,j:6153453805784827749,t:23113010
जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका-५ कालिमाटीबाट पोख्रातर्फ गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार बिहान कर्णाली प्रदेश ०२००१ च १२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड-५ का २२ वर्षीय निसान वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्।
घाइतेमध्ये दुई जनालाई उपचारका लागि नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment