आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
१८ असोज २०८२ ६:१७
160
Shares

मेष : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सामान्य छ। श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ।

कर्कट : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। परिवारभित्र आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। हरेक काममा प्रशंसा प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन सामान्य छ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। जागिरमा समस्या हुनेछ। परिवारसँग मनमुटाव बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।

धनु : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

कुम्भ : दिन सामान्य छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.