मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त
विराटनगर। लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन्। पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन्।
फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ।
माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पु¥याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ। यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ।
इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन्।
त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर हराएका छन्। स्थानीयका अनुसार उनीहरू घरभित्रै रहेका बेला पहिरोले बगाएको हो। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment