सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

डिसी नेपाल
२२ असोज २०८२ १०:०५

इनरुवा (सुनसरी)। सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो ।

बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताए । इनरुवा–४ मरिकटोलका ४०जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.