आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
२३ असोज २०८२ ६:२६
76
Shares

मेष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रबाट धन हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछ। परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्ने योग छ। साथीले सहयोग गर्नेछन्।

मिथुन : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। विज्ञसँग सुझाव लिएर गरेको काममा फाइदा हुनेछ। आकस्मिक लाभ प्राप्त होला।

सिंह : दिन सामान्य छ। अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ। यात्रामा जोखिम आइपर्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्। विश्वास गरेका साथीबाट धोका हुनसक्छ।

कन्या : दिन सामान्य छ। आजको कारोबार डुब्ने जोखिम छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन्। राजनीतिमा संकट आइपर्नेछ। विज्ञको सल्लाह लिएर काम गर्नु उचित हुन्छ।

तुला : दिन सामान्य छ। आफन्तबाट अपमान भएको भान हुनेछ। स्वास्थ्यमा समस्या हुँदा मन अशान्त बन्नेछ। धर्मकर्ममा मन जानेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। पठनपाठनमा बाहेक अन्य क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। शिक्षामा प्रगति हुनेछ।

धनु : दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। बन्धुसँगको कार्य एकताले मन प्रशन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। शिक्षामा जोश जाँगर बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ।

मीन : दिन सामान्य छ। लगानी गरेको भए घाटा हुने सम्भावना छ। परिवारको साथमा अघि बढेको कामबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा संकट आइपर्ने छ। परिवारमा खटपटी बढ्ने जोखिम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *