काठमाडौंमा मोटरसाइकल र्याली गर्दै युवा संघ
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ।
देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले शनिबार मोटरसाइकल र्याली आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिनका लागि पनि र्यालीको आयोजना गरिएको उनले बताए।
देशमा निराशा पैदा भएको अवस्थामा देश बनाउनका लागि युवाहरू प्रतिवद्ध रहेको उनको भनाइ छ।
तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने युवा संघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment