मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाई पत्र लेखेर यहि असोज २८ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन्।
गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए। उनले एमाले र जनमतसँग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए।
मुख्यमन्त्री सिंहले राजीनामा दिने चर्चा भइरहेको बेला आज उनले प्रदेश सभालाई लेखेको पत्रले उनले राजीनामा नदिने स्पष्ट भएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment