हीरा, सुन र नीलम जडित घडी लगाउँछन् विराट, मूल्य थाहा पाउँदा दंग पर्नुहुनेछ

डिसी नेपाल
२५ भदौ २०७६ ११:३७

एजेन्सी। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आफ्नो ब्याटिङका कारण मात्र नभइ आफ्नो स्टाइलिस लुक र ड्रेसिङ सेन्सका कारण पनि चर्चित छन् । पछिल्लो समय विराट आफ्नो घडीका कारण चर्चामा छन् । वेष्ट इण्डिज टुरपछि भारतीय टिम फर्कंदा विराट विमानस्थलमा पत्नी अनुष्का शर्मासँग देखिएका थिए । अहिले यो तस्वीर निकै भाइरल भइरहेको छ ।

यो फोटोमा विराटले जुन घडी लगाएका छन् त्यो घडी निकै महंगो छ । यो घडीमा उत्कृष्ट फिचर त छन् नै यसमा सुन, हीरा र नीलमको पनि प्रयोग गरिएको छ । यी कुराहरुले यो घडीलाई निकै आकर्षक र महंगो बनाएका छन् । विराटले लगाएको यो घडीको मूल्य भारतीय बजारमा झण्डै ७० लाख भारु पर्छ जसको नेपाली मूल्य १ करोडभन्दा माथि पर्न जान्छ ।

फोर्ब्सका अनुसार २९ वर्षीय विराट कोहलीले सन् २०१८ मा कूल २४ मिलियन डलर कमाइ गरेका थिए । जसमध्ये ४ मिलियन डलर उनले पारिश्रमिकबाट र २० मिलियन डलर इन्डोर्समेन्टबाट कमाएका थिए । विराट महंगा घडी, कार मात्र होइन आफ्नो फिटनेस र स्वास्थ्यमा पनि निकै ध्यान दिन्छन् । उनी एभिएना कम्पनीको पानी पिउँछन् जसको मूल्य ६ सय भारु प्रतिलिटर पर्छ । यो पानी उनले फ्रान्सबाट मगाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *