रियल लाइफमा निकै हट छिन् १९ वर्षमै युएस ओपन जित्ने बियांका, हेर्नुहोस् १० फोटो

डिसी नेपाल
२५ भदौ २०७६ १३:१२

न्यूयोर्क। क्यानडाकी १९ वर्षकी बियांका एन्ड्रेस्क्युले टेनिस जगतमा तहल्का मच्चाएकी छिन् । बियांकाले युएस ओपनको फाइनलमा सेरेना विलियम्सलाई हराउँदै आफ्नो गहिलो ग्राण्डस्लाम उपाधि जितिन् । शनिबार भएको फाइनलमा बियांकाले सुरुदेखि नै सेरेनामाथि दबाब बनाएकी थिइन् र सेरेनालाई सिधा सेटमा ६–३ र ७–५ ले हराइन् । बियांका क्यानडाकी हुन् र ग्राण्डलाम जित्ने पहिलो क्यानेडियन हुन् ।

यो जीतसँगै उनी सबैभन्दा कम उमेरमा ग्राण्डस्लाम जित्ने दोस्री महिला बनिन् । पहिलो स्थानमा रुसकी मारिया सारापोभा छिन् । मारियाले २००६ मा पहिलो ग्राण्डस्लामको रुपमा युएस ओपन नै जितेकी थिइन् । सेरेना विलियम्सले १९९९ मा पहिलो युएस ओपन जित्दा बियांका जन्मिएकी पनि थिइनन् । बियांका सेरेनाभन्दा १८ वर्ष कान्छी छिन् । सेरेनाले ६ पटक युएस ओपन जितेकी छिन् ।

बियांकाका मातापिता रोमानियन मूलका हुन् । बियांका ११ वर्षकी हुँदा उनका मातापिता क्यानडा आएका थिए । कम उमेरमा रोमानिया छोडेको भए पनि उनी राम्रोसँग रोमानियाको भाषा बोल्न सक्छिन् । बियांका बैभन्दा छिटो कुनै ओपन टुर्नामेन्ट जित्नेखेलाडी बनेकी छिन् । यसअघि मोनिका सेलेसले चौथो पटकको प्रतिस्पर्धामा रोनाल्ड गेरोस ट्रफी जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *