‘रोनाल्डो नै विश्वका उत्कृष्ट खेलाडी हुन्’

डिसी नेपाल
२५ भदौ २०७६ १५:०३

काठमाडौं। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी भएको दावी गरेका छन् । लिथुवानियाविरुद्ध मंगलबार राति पोर्चुगलले ५–१ को जित हासिल गर्दा व्यक्तिगत ४ गोल गरेका रोनाल्डो २५ गोलसहित युरोपियन च्याम्पियनसिप छनोटका सर्वकालिन उच्च गोलकर्ता बने।

उमेरले ३५ वर्ष छुनै लागेका रोनाल्डोले समूह ‘बी’अन्तर्गतको खेलमा पोर्चुगलबाट करियरको आठौं ह्याट्रिकको खुशी मनाउँदै अन्तर्राष्ट्रिय खेलमा गरेको गोल संख्या ९३ पुर्‍याएका छन्।

अद्भुत खेल जीवनमा पाँच पटकका बालन डी‘अर विजेता रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनेल मेसीबीच को उत्कृष्ट भन्ने तुलना हुने गरेको छ। तर पोर्चुगिज प्रशिक्षक सान्तोष रोनाल्डो उत्कृष्ट हुन् भन्नेमा कुनै शंका नरहेको बताउँछन्।

‘क्रिस्टियानो रोनाल्डोका लागि ताली नबजेको विश्वको कुनै पनि रंगशाला छैन,’ सान्तोषले भने, ‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्।’‘मेरो (प्रशिक्षणमा) पहिलो खेलका लागि हामी पेरिस गएका थियौं। सडकको नजिकै होटलमा हामी पुग्दा रोनाल्डो कै समर्थनका लागि त्यहाँ हजारौंको संख्यामा मानिसहरू जम्मा भएका थिए,’ सान्तोषले भने, ‘उनले गोल नगर्नु भनेको आश्चर्य हो। मानिसहरूले यो अन्त्य हो भन्दैछन्, तर यो अन्त्य होइन, र, अन्त्य हुँदैन पनि।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *