बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन्।
बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठूला सहर काठमाडौं, नेपालगन्ज, सुर्खेत, धनगढीमा भेटाउन सकिन्छ।
बाजुराका किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेको ठूलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन्। कृषि ज्ञान केन्द्र बाजुराको ढुवानीमा उनीहरूले स्याउ बिक्री गर्ने गरेका छन्। अघिल्लो बर्षको तुलनामा भन्दा यो स्याउ उत्पादनमा भने कमी आएको हो।
बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो। कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठूलो परिणामको स्याउ बजारिकरणबाट एक करोड बढी आम्दानी भएको हो। अन्य सानोतिनो संख्यामा बिक्री भएको स्याउको विवरण र आम्दानी नराखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
बाटो बन्दका कारण स्याउ ढुवानीमा केही समस्या भएको थियो। सडकले बन्दले समयमै सोचेजस्तो स्याउ बजारिकरण गर्न नसक्दा केही मात्रामा घाटा व्यहोर्नु परेको बुढिनन्दाका स्याउ कृषक पुर रावतले बताए। तर, पनि पाकेको स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्ला निर्यात गरिएकोले किसानहरूलाई आम्दानी गर्न सहज भएको उनले बताए।
कृषि ज्ञान केन्द्र बाजुराले ४ बर्ष यता कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ। बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ। जिल्लाको हिमाली, मिकार्तिक, गन्नाथ, ढिनन्दा, मूललगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ। हरेक वर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन्।
यहाँको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, गन्नाथमा राम्रो उत्पादन हुने गरेको छ। यता गौमुल र बडीमालिकामा पनि पछिल्लो समय केहि रुपमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।







डिसी नेपाल






Facebook Comment