काठमाडौंबाट ६९ लाख ८५ हजारसहित अवैध रकमसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
उनले भने, ‘स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ।‘ पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment