छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
धनुषा। मिथिलाञ्चनको महान चाड चार बदिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ।
मधेस प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन्।
यस विधिअन्तर्गत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कि गीतादेवी साहले बताए।
छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ।
चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ।
तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताए। पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उनले जानकारी दिए।
यसैगरी स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नवैधलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ।







डिसी नेपाल








Facebook Comment