एनआरएनए केन्द्रिय सचिवमा अमेरिका क्षेत्रीय संयोजक गौरी जोशीले उम्मेदवारी दिँदै

डिसी नेपाल
२५ भदौ २०७६ १८:१२

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए/आईसीसी) सचिवमा  अमेरिकाबाट गौरी जोशीले उम्मेदवारी दिने भएका छन्। संघको अमेरिका क्षेत्रीय संयोजकसमेत रहेका जोशीले संस्थालाई थप गतिशील बनाउन भन्दै सचिवमा पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनएको विभिन्न पदमा रहेर काम गरिसकेकोले आफू एनआरएनए अभियानबाट बाहिर जान नसक्ने बताउँदै भोगेको अनुभवलाई एक कार्यकाल केन्द्रमा बसेर सेवा गर्ने चाहना भएकोले शुभेच्छुकहरूको आग्रहमा सचिवमा उम्मेदवारी दिन लागेको जोशीले बताए।

एनआरएन यात्रामा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर सक्रिय व्यक्ति तथा समाजसेवीका रुपमासमेत आफ्नो पहिचान बनाएका जोशीले एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता मुख्य एजेण्डाहरू आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन्।

उनले क्षेत्रीय संयोजक भएर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताएका छन् । विदेशमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याएका छन्। ‘मैले जति काम क्षेत्रीय संयोजक भएर गरें अब त्यो अनुभव ग्लोबल र नेपालको लागि गर्ने चाहाना छ’, जोशीले भने।

जोशीले गैरआवासीय नेपाली संघले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैँ विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने अठोट सुनाए।

त्यस्तै नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको विश्व बजारमा प्रवद्र्धन गर्न समन्वयात्मक प्रयास गर्ने विषयलाईसमेत उनले प्राथमिकतामा राखेका छन्।

संघको नवौँ विश्व  आगामी अक्टोबर १५ देखि १८ तारिखसम्म काठमाडौंमा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *