मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्

डिसी नेपाल
१० कार्तिक २०८२ ११:३६
24
Shares

काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन्। उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्री गौतम भावुक बनेकी थिइन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आँसु झार्दै भनिन्, ‘घाइतेहरुलाई हेर्दाखेरी साँच्चिकै गाह्रो भयो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ। जसले सरकारको विरोध गर्नु हुन्छ वा चुनाव भाड्न खोज्नु हुन्छ, त्यो कहिले पनि नगर्नुस्, म अनुरोध गर्न चाहन्छु।’

उनको भावुकता देखेर उपस्थित सबै भावुक भएका थिए।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *