उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि किष्ट मेडिकल अस्पतालमा तोडफोड

डिसी नेपाल
१० कार्तिक २०८२ १७:१९
140
Shares

काठमाडौं। उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा विरामीका आफन्तले तोडफोड गरेका छन्।

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालमा तोडफोड गरेका हुन्।

मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहारका साथै लाठीचार्ज गरेको थियो। झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन्।

उपचारका क्रममा आफ्ना विरामीको मृत्यु भएको बिषयमा अस्पताल प्रशासनसंग छलफल गर्न खोज्दा गैरजिम्मेवारीपूर्वक व्यवहार भएको आफन्तहरुले आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.