मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

डिसी नेपाल
११ कार्तिक २०८२ २३:००
12
Shares

किमाथाङ्का, (सङ्खुवासभा)। सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

आज बिहानदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्।

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो । उक्त क्षेत्रमा थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरिएको हो।

करिब ७० जना विदेशी पर्यटक मकालु आधार शिविरमा रहेको प्रजिअ थपलियाले बताए। त्यस्तैगरी नेपाली पर्वतारोही पनि ६०÷७० जनाको सङ्ख्यामा अहिले मकालु आधार शिविरमा रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.